News Griha :: न्यूजगृह
‘सर्त’मा रिहा भए गायक राजेशपायल राई

काठमाडौं — गायक राजेशपायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो।

आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दियो।

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई विनायकनगर, नयाँ बानेश्वर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो। 

छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईँहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’    

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४२
Weather Update