News Griha :: न्यूजगृह
मदिरा सेवन गरी होहल्ला गरेको आरोप गायक राजेशपायल राई पक्राउ 
Photo: bishalchautari

काठमाडौं — गायक राजेशपायल राई पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्।

राजेशपायल राईसहित तीन जनालाई विनायकनगर, नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।  

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गएराति काठमाडौं उपत्यकाबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ। 

गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ। प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ।  

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:०१
Weather Update