बालिकालाई जबर्जस्ती करणी गर्ने सन्दीपलाई १९ वर्ष कैद बुधबार, चैत २१, २०८०

बालेनविरुद्ध सामाजिक सञ्जालमा लेख्ने कर्मचारीमाथि चल्यो साइबर मुद्दा बुधबार, चैत २१, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध मुद्दा चलाइएको छ।विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन्।

आयरल्याण्डले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक बुधबार, चैत २१, २०८० पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको आयरल्याण्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो।

सरकारले बलजफ्ती गरे संसद् चल्न नदिने कांग्रेसको चेतावनी बुधबार, चैत २१, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन्।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि...
![ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट]](https://newsgriha.com/uploads/posts/Taiwan_earthquake_2-1712117073.jpg)
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट] बुधबार, चैत २१, २०८० ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। भूकम्पमा परेर दर्जनौं घाइते छन्। ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो।

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा बुधबार, चैत २१, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्मा विश्वासको मत लिनुपर्ने थियो।

कालीबहादुर खामलाई चितवन लगियो बुधबार, चैत २१, २०८० ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्व डिभिजन कमान्डर ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ।कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको थियो।

श्रममन्त्री अर्यालपछि ऊर्जामन्त्री बस्नेतको नाम पनि जोडियो सहकारी ठगीमा, यस्तो छ मन्त्रीद्वयको जीबी ‘कनेक्सन’ बुधबार, चैत २१, २०८० सहकारी संस्था ठगी घटनामा एकपछि अर्को गर्दै प्रभावशाली व्यक्तिहरूको नाम जोडिएको छ। सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा सभामुख र सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ। तर, गृहमन्त्री लामिछानेले कांग्रेसको आरोप निराधार भएको दाबी गरिरहेका छन्। प्रधानमन्त्री, प्रहरी प्रशासन र सत्ता...

७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न काठमाडौंका विद्यालयलाई महानगरको निर्देशन, अटेर गरे विद्यार्थी भर्ना रोक्ने बुधबार, चैत २१, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ। ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ।बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो।

इलाम- २ उपनिर्वाचन: १ सय ४९ मतदान केन्द्र, ८ सय ९४ कर्मचारी परिचालन हुने बुधबार, चैत २१, २०८० प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी बुधबार, चैत २१, २०८० ताइवानमा ताइवानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनहरू भत्किएका छन्। तर मानिसहरू कति हताहती भए भन्ने विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ।सामाजिक सञ्जालहरूमा सेयर गरिएका फोटो र भिडिओहरुमा बिल्डिङहरू भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ। बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८...

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने बुधबार, चैत २१, २०८० नेपाली ‘ए’ क्रिकेट टोलीले आयरल्याण्ड ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ ले टस जितेर ब्याटिङ रोजेपछि नेपाली ‘ए’ टोलीले फिल्डिङ गर्ने भएको हो।

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि सत्ता एमालेलाई हस्तान्तरण गर्ने बुधबार, चैत २१, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो।माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता...









