पहिलो एकदिवसीय
नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं — नेपाली ‘ए’ क्रिकेट टोलीले आयरल्याण्ड ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ ले टस जितेर ब्याटिङ रोजेपछि नेपाली ‘ए’ टोलीले फिल्डिङ गर्ने भएको हो।
घरेलु मैदानमा नै टी–२० सिरिज गुमाएको नेपाली टोली ओडीआईमा सुखद सुरुवात गर्न चाहन्छ। उता आयरल्याण्ड भने पहिलो खेलको लयलाई नै कायम राख्ने योजनामा हुनेछ।
नेपाल ‘ए’ टोलीले यसअघि आयरल्याण्डसँग नै तीन खेलको टी–२० सिरिज खेलेको थियो।
घरेलु मैदानमा भएको सिरिज नेपाल ‘ए’ टोलीले २–१ ले गुमाएको थियो।
हेर्नुहोस् लाइभ म्याच
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० ०९:२५