News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्।

पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो।

तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्।  

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:२३
Weather Update