साढे १ किलो चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ बुधबार, चैत २१, २०८०

त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा सर्यो बुधबार, चैत २१, २०८० त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बुधबार, चैत २१, २०८० सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

आईपीएलमा आरसीबीको तेस्रो हार, आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्ने बुधबार, चैत २१, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। बैङ्गलोरमा भएको खेलमा घरेलु टोली आरसीबी लखनउ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का...

आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’ बुधबार, चैत २१, २०८० नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार टी-२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि नेपाली टिमविरुद्धको टी-२० शृङ्खला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो।

उपनिर्वाचनमा उम्मेदवार छान्न कांग्रेसलाई सकस, बुधबार पुनः कार्यसम्पादन समिति बैठक बुधबार, चैत २१, २०८० नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन सकेको छैन। आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘१’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न सकेन।

यी प्रदेशमा बुधबार चट्याङ्गसहित हल्का वर्षाको सम्भावना बुधबार, चैत २१, २०८० बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
-1710497760.jpg)
प्रतिनिधि सभाले अनुमोदन गर्यो बिमस्टेक बडापत्र बुधबार, चैत २१, २०८० संघीय संसद्ले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडापत्र अनुमोदन गरेको छ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।

एक हजार ८१७ जुवाडेबाट प्रहरीले उठायो दुई करोड ६३ लाख जरिवाना बुधबार, चैत २१, २०८० मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ। यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म...

दम्पती हत्या अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा मंगलबार, चैत २०, २०८० पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ। स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु मंगलबार, चैत २०, २०८० दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ। ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ। २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो। अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो। त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन...

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्नैपर्ने कांग्रेसको अडान मंगलबार, चैत २०, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ।कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मङ्गलबारको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले बताए।

डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर, २ वर्ष कैद हुने मंगलबार, चैत २०, २०८० इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाएको हो। अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला...








