टी-२० क्रिकेट
आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’
काठमाडौं — नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार टी-२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि नेपाली टिमविरुद्धको टी-२० शृङ्खला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृङ्खलामा सुखद सुरुआतको लक्ष्यमा छ ।
शृङ्खलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।
नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० ०६:३४