News Griha :: न्यूजगृह
आईपीएलमा आरसीबीको तेस्रो हार, आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्ने

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। ​बैङ्गलोरमा भएको खेलमा घरेलु टोली आरसीबी लखनउ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।

१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए। यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे। फ्याफ डु प्लेसिसले १९ रन बनाए।​

लखनउका मयंक यादवले ३ विकेट लिँदा नभिन उल–हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १–१ विकेट लिए ।

त्यसअघि बैङ्गलोरको चिन्न स्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो। लखनउका लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन बनाए। यस्तै निकोलास पुरनले ४१ रनको विस्फोटक इनिङ खेले। मार्कस स्टोइनिसले २४ रन बनाउँदा कप्तान केएल राहुलले २० रन जोडे।

आरसीबीका लागि ग्लेन म्याक्सवेलले २ तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान १–१ विकेट लिए। आरसीबी हार पछि ४ खेलमा २ अंक सहित पुछारमाबाट दोस्रो छ। लखनउ भने ३ खेलमा ४ अंकसहित चौथो छ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्ने छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०६:४९
Weather Update