News Griha :: न्यूजगृह
साढे १ किलो चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर — कञ्चनपुर प्रहरीले महेन्द्रनगर बजारबाट साढे १ किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भीमदत्त नगरपालिकाको बजार क्षेत्रबाट चरेससहित बझाङको केदारस्युँ गाउँपालिका–६ का गोविन्दबहादुर धामी र रुकुमको सानोभेरी गाउँपालिका–३ का गोपाल पुनलाई पक्राउ गरेको हो। 

पक्राउ परेका धामी र पुनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना  अधिकारी एवं प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए।

प्रहरीले सोमबार पनि तीन ग्राम ५९ मिलिग्राम लागूपदार्थ खैरोहेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो। 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का गौरवजिक्रम थापा र बेदकोट नगरपालिका– ७ का लोकेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:५०
Weather Update