News Griha :: न्यूजगृह
प्रतिनिधि सभाले अनुमोदन गर्‍यो बिमस्टेक बडापत्र

काठमाडौं — संघीय संसद्ले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडापत्र अनुमोदन गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। 

यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हित अनुकूल हुनेगरि बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए। 

यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए।

प्रतिनिधि सभाको अर्को बैठक चैत २१ गते  बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०६:०१
Weather Update