लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिने, यस्तो छ अंकगणित मंगलबार, चैत २०, २०८०

बरोडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल मंगलबार, चैत २०, २०८० भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्।नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो। नेपालले पहिलो...

रेशम—रञ्जितासँग प्रधानमन्त्रीले गरे छुट्टाछुट्टै छलफल मंगलबार, चैत २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमान-श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका छन्। समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

गुराँसै फुल्यो वनैमा... मंगलबार, चैत २०, २०८०
राजेन्द्र पाण्डेको प्रश्न—प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो? मंगलबार, चैत २०, २०८० सत्तारूढ नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले भइरहेका निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी (इन्टर्न) ल्याउने निर्णय गरेकोमा प्रश्न उठाएका छन्।प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले शिक्षा मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट ७४ हजार कर्मचारीमाथि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि गरे।

चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू? मंगलबार, चैत २०, २०८० नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले दार्चुलालगायत देशका १४ वटा नाकाहरू सञ्चालन गर्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसद्मा आएर स्पष्ट जवाफको माग गरेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ...

सुदूरपश्चिम: मुख्यमन्त्री शाहलेले बिहीबार विश्वासको मत लिने मंगलबार, चैत २०, २०८०
श्रममन्त्री डीपी अर्याल पनि सहकारी विवादमा मुछिए, छानबिन गर्न कांग्रेसको माग मंगलबार, चैत २०, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ। कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको सुरुमै...

प्रचण्डको निर्देशनविरुद्ध विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री मंगलबार, चैत २०, २०८० सत्ता गठबन्धन दलहरूबीच प्रदेश बाँडफाँटमा सहमति जुटेको छ। सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले लुम्बिनी माओवादीले र कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको हो। माओवादीले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादीभित्रै विवाद सुरु भएको छ।
४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार? मंगलबार, चैत २०, २०८०

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, रमा आलेमगरले लिइन् विनाविभागीय मन्त्रीको शपथ मंगलबार, चैत २०, २०८० बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द मंगलबार, चैत २०, २०८० काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्।

केन्द्रीय सदस्यलाई कुटपिट गर्ने नाउपाका २ प्रदेश अध्यक्ष बर्खास्त मंगलबार, चैत २०, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्। संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्।









