सुदूरपश्चिम: मुख्यमन्त्री शाहलेले बिहीबार विश्वासको मत लिने

काठमाडौं— सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेश सभा सचिवालयमा गराएका हुन्।
प्रदेश सभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेश सभा सचिव देवबहादुर बोगटीले जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १२:१९