पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षमा ‘फेवा नववर्ष’ महोत्सव मंगलबार, चैत २०, २०८०

सुजनले दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै मंगलबार, चैत २०, २०८० मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै छन्। नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका...

व्यावसायिक च्याउ खेती गर्दा यसरी हुन्छ आम्दानी मंगलबार, चैत २०, २०८० लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु’, उनले भनिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु।’ उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै...

दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने मंगलबार, चैत २०, २०८० आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो। दिल्लाको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न...

डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो मंगलबार, चैत २०, २०८० शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ।नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो। डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको...

राष्ट्रिय सभाका तीन समितिको बैठक आज मंगलबार, चैत २०, २०८० संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ। आज विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

नगरवासीलाई ‘लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’ मंगलबार, चैत २०, २०८० अत्यधिक गर्मी हुने शहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ।वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुलिङ सेन्टर निर्माण थालिएको हो। तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ। नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि...

६७ औँ राष्ट्रिय सहकारी दिवस आज मंगलबार, चैत २०, २०८० ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो। राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु...

शत्रुघ्नलाई चिनाउने अनुहारको त्यो दाग... मंगलबार, चैत २०, २०८० ‘मैले एकपटक मेरो मामाले दाह्री काट्दै गरेको देखेको थिएँ। त्यही बेला मलाई पनि दाह्री काट्न रहर जाग्यो। मैले सुरुमा बहिनीको गालामा ब्लेड चलाए, जसकारण उसको अनुहारमा थोरै चोट लाग्यो। बहिनीलाई चोट लागे पनि मलाई दुःख लागेन’, उनले भनेका छन्, ‘त्यसपछि मैले अनुहारमा पानी लगाए र ब्लेड चलाउन सुरु गरें। जसकारण...

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा मंगलबार, चैत २०, २०८० नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ। नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे।सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो। सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार...

एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा मंगलबार, चैत २०, २०८० विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको शहीद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले पराजित गर्यो।

विषादीरहित उत्पादन गर्न किसानलाई अनुदान मंगलबार, चैत २०, २०८० सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्। ‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु’, लिम्बू भन्छ।

आईपीएलमा आज बैंग्लोर र लखनउ भिड्दै मंगलबार, चैत २०, २०८० इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुँदैछ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति पौने आठ बजेदेखि हुनेछ। जारी आइपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ।









