News Griha :: न्यूजगृह
एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर— विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। 

विराटनगरको शहीद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले पराजित गर्‍यो।
 
जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ ।

जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो ।

५७ औं मिनेटमा एपीएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे । 

छैठौं संस्करणको विराट गोल्डकपको बिजेता समेत रहेको एपीएफले दश महिनापछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले  एपीएफलाई ४–१  गोलले पराजित गरेको थियो । 

चर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:५६
Weather Update