News Griha :: न्यूजगृह
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। सरकार जोगाउन ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन्। मुख्यमन्त्री जम्कट्टेलले माओवादीबाहेक, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको मत प्राप्त गरे। उनको विपक्षमा ३७ जनाले मत दिए। त्यस्तै, १५ जना तटस्थ बसे। 
निर्वाचनको विषयले चन्द समूहमा समस्या
निर्वाचनको विषयले चन्द समूहमा समस्या नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन्। अन्य दलहरूभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए।काठमाडौंमा सोमबार शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरूले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको उनले स्वीकार गरे।
हत्या घटनामा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा–३ का वडासदस्य पक्राउ
हत्या घटनामा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा–३ का वडासदस्य पक्राउ पक्राउ परेका वडा सदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गत असार २० मा दोरम्बा सल्लेनी भीरमा ४१ वर्षीय रामेछापकै गणेश पाठकको शव भेटिएको थियो। शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। 
६ जनाको ज्यान जानेगरी प्यूठानमा भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ
६ जनाको ज्यान जानेगरी प्यूठानमा भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ प्यूठानमा ६ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन्। ललितपुरको महाकाल गाउँपालिका घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ। 
आयरल्याण्ड ‘ए’ माथि नेपालको रोमाञ्चक जित
आयरल्याण्ड ‘ए’ माथि नेपालको रोमाञ्चक जित नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ। तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ।२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो।   
सांसदको मोबाइल नम्बर गलत परेपछि...
सांसदको मोबाइल नम्बर गलत परेपछि... यसैगरी राप्रपाकै अर्का सांसद सुनिल केसीले हिजोदेखि आजसम्म घटनाक्रमलाई हेर्दा जनताको हक हितका लागि प्रदेश सरकारले केही नगरेको उल्लेख गर्दै राप्रपाले प्रदेश सरकारलाई विश्वासको मत दिनु उचित नरहेको जानकारी दिए।
सलमान खानका फ्यानका लागि खुशीको खबर: ‘वान्टेड’को सिक्वेल बन्ने
सलमान खानका फ्यानका लागि खुशीको खबर: ‘वान्टेड’को सिक्वेल बन्ने लिउड अभिनेता सलमान खानका फ्यानका लागि एउटा खुशीको खबर छ। १६ वर्षअघि निर्माण भएको फिल्म ‘वान्टेड’को अब सिक्वेल बन्ने भएको छ। फिल्मका निर्माता बोनी कपूरले यसको पुष्टि गरेका हुन्।सलमानको करिअरका लागि सन् २००८ एउटा ‘ल्यान्डमार्क’ नै रह्यो। उक्त वर्ष रिलिज भएको उनका फिल्म ‘वान्टेड’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो।...
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा वैदेशिक रोजगार विभाग काठमाडौंका लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा गरेको छ।१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
माओवादीबाट इलाम २ मा धिरेन्द्र शर्मा उम्मेदवार सिफारिस
माओवादीबाट इलाम २ मा धिरेन्द्र शर्मा उम्मेदवार सिफारिस सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धिरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो। उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए।
शेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो
शेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो साताको दोस्रो दिन शेयर बजार परिसूचक घट्ने क्रम रोकिएन। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो। यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो। १३ मध्ये होटल तथा पर्यटक र व्यापार बाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ। आइतबार...
नाउपा विवादः केन्द्रीय सदस्यमाथि पार्टी कार्यालयमै हातपात देखि हत्यासम्मको धम्की!
नाउपा विवादः केन्द्रीय सदस्यमाथि पार्टी कार्यालयमै हातपात देखि हत्यासम्मको धम्की! नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्र आक्रमण भएको बताएका छन्। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए...
आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य
आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य अनुभवी ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्याण्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो।
Weather Update