६ जनाको ज्यान जानेगरी प्यूठानमा भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ

काठमाडौं— प्यूठानमा ६ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन्।
ललितपुरको महाकाल गाउँपालिका घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ।
२०७३ चैत ११ मा प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदा घलेले चलाएको बा ८ च १५६१ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो।
दुर्घटनामा दिनेशध्वज बस्नेतसहित ६ जनाको मृत्यु भएको थियो।
पक्राउ परेका घलेलाई सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठान पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १७:१४













