News Griha :: न्यूजगृह
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। सरकार जोगाउन ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन्। 

मुख्यमन्त्री जम्कट्टेलले माओवादीबाहेक, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको मत प्राप्त गरे। उनको विपक्षमा ३७ जनाले मत दिए। त्यस्तै, १५ जना तटस्थ बसे। 

मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए।

उनको विपक्षमा कांग्रेसले मात्र मत दिएको थियो। राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे। मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन्।

पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएका हुन्।

गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था पुगेका थिए।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:४०
Weather Update