भारतबाट अवैधरुपमा कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा सोमबार, चैत १९, २०८०

प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन सोमबार, चैत १९, २०८० नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका हुन्। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन्।

न्यारोबडी जहाज इन्जिन प्रकरण: भ्रष्टाचार नभएको पुष्टि गर्न अल्टिमेटम सोमबार, चैत १९, २०८० संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवासँग छलफल गरेको थियो।

नेपाल आउने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढे सोमबार, चैत १९, २०८० यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन्। नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो। गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी पर्यटक...

तस्बिरमा हेर्नुहोस् ल्होत्से हिमनदी सोमबार, चैत १९, २०८० सगरमाथा क्षेत्र हुँदै बग्ने ल्होत्से हिमनदी। उच्च हिमाली भेगबाट बग्ने यस हिमनदी इम्दा हिमनदीमा गएर मिसिन्छ।

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु सोमबार, चैत १९, २०८० पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो। बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ। पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय...

अस्कलमा दुई विद्यार्थी संगठनबीच झडप, २ घाइते सोमबार, चैत १९, २०८० लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच झडप भएको छ। सोमबार बिहान अस्कलमा दुई पक्षबीच झडप हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

आयरल्याण्ड ए विरुद्ध टस हारेको नेपाल ब्याटिङमा सोमबार, चैत १९, २०८० टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ। नेपालका देव खनाल र लोकेश बम ओपनरका रुपमा मैदान उत्रिएका छन्। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपाल आजको खेल जित्दै क्लीनस्वीप हुनबाट बच्ने रणनीतिका साथ मैदान...

‘काठमाडौंका धारामा मलमुत्र मिसिएको ढल आउँछ, नियमन कसले गर्ने ?’ सोमबार, चैत १९, २०८० उनले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुचको हक हुनेछ, संविधानको भाग तीनमा मौलिक हक अन्तरगत धारा ३५ को उधारा ४ मा लेखिएको वाक्य हो। तर देशको राजधानी काठमाडौंको जनताको घरको धारामा पानी होईन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ। शहरभित्रका नागरिक ढलको पानी धारामा पठाईलिए वापत केयूकेललाई...

हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ सोमबार, चैत १९, २०८० प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो। पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको...

नेपालसँगका १४ व्यापार नाका खोल्न चीन तयार सोमबार, चैत १९, २०८० मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददातासँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापारिक सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए। मन्त्री श्रेष्ठले भने,‘रसुवागढी–केरुङ, तातोपानी–झाङ्ङ्गु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान...
आज पनि प्रतितोला १ हजार ६०० ले बढ्यो सुन सोमबार, चैत १९, २०८० स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुन आइतबार एक लाख...

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ सोमबार, चैत १९, २०८० रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।









