पूर्वसचिव भन्छन्— कर्मचारीले दलका लागि काम गर्दा सार्वजनिक प्रशासन बिग्रियो सोमबार, चैत १९, २०८०

बम र लडाकु निर्यात गर्न अमेरिकाले इजरायललाई दियो स्वीकृति सोमबार, चैत १९, २०८० अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ। दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो। यो सहमतिलाई भने गोप्य...

१० लाख पुरस्कार राशिको जीतपुर सिमरा गोल्डकप चैत २४ देखि सोमबार, चैत १९, २०८० जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि सुरु हुने भएको छ। बाराको सिमरामा पत्रकार सम्मेलन गरेर नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । सिमरा रङ्गशालामा सो प्रतियोगिता आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ।

आज तीन संसदीय समितिका बैठक सोमबार, चैत १९, २०८० प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ। संवैधानिक परिषद्बाट सिफारिस...

महालेखा परीक्षकमा सिफारिस रायाका विषयमा संसदीय सुनुवाइ आज सोमबार, चैत १९, २०८० संसदीय सुनुवाइ समितिको बैठक बैठक आजलाई बोलाइएको छ। बैठक बिहान १० बजेपछि बस्नेछ। आजको बैठकमा संवैधानिक परिषद्बाट महालेखा परीक्षकका लागि सिफारिस तोयम रायाका विषयमा संसदीय सुनुवाइको तयारी छ।

सिक्किम विराट गोल्डकपको सेमिफाइनलमा सोमबार, चैत १९, २०८० भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराट गोल्ड कप ट्रष्टले विराटनगरको शहीद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत गएरातिको खेलमा ड्रेगन फुटबल क्लबले काठमाडौंको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै सोमबार, चैत १९, २०८० बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ।

साताव्यापी चीन भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कंदै सोमबार, चैत १९, २०८० चीनको साताव्यापी भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदैछन्। श्रेष्ठ चैत १२ गते चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे।

नेपाल ए र आयरल्याण्ड ए बीचको खेल आज १ बजे सोमबार, चैत १९, २०८० टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल आज हुँदैछ। खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।पहिलो र दोस्रो खेलमा नेपाल पराजित भएपनि यो सिरिजको उपाधि एक खेल अघि नै आयरल्याण्डले जितिसकेको छ। आजको खेल भने औपचारिकतामै सीमित हुनेछ।

प्रतिनिधि सभा आज पनि, कांग्रेसको विरोध जारी सोमबार, चैत १९, २०८० संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युत्तीय व्यापार विधेयकमाथि विचार...

आज कुन देशको मुद्राको नेपाली मूल्य कति ? सोमबार, चैत १९, २०८० आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम छ। युरोको मूल्यमा भने फेरबदल छ। यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६६...

पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो, बढेको मूल्य आजदेखि जारी सोमबार, चैत १९, २०८० पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ। बढेको मूल्य आजदेखि लागु भएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ। नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार मूल्य बढेको हो। यो मूल्य आजदेखि नयाँ मूल्य लागु हुनेछ ।

आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा सोमबार, चैत १९, २०८० सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले आज एक दिन प्रदेशमा सार्वजनिक बिदा दिएको हो।कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गर्छन्।









