महालेखा परीक्षकमा सिफारिस रायाका विषयमा संसदीय सुनुवाइ आज

काठमाडौं— संसदीय सुनुवाइ समितिको बैठक बैठक आजलाई बोलाइएको छ। बैठक बिहान १० बजेपछि बस्नेछ।
आजको बैठकमा संवैधानिक परिषद्बाट महालेखा परीक्षकका लागि सिफारिस तोयम रायाका विषयमा संसदीय सुनुवाइको तयारी छ।
संसदीय सुनुवाइ समितिको आजको बैठकले महालेखा परीक्षकका लागि सिफारिस तोयम रायाका विषयमा संसदीय सुनुवाइ अघि बढाइने तयारी रहेको समिति सदस्य महेश बर्तौलाले जानकारी दिए।
रायालाई आइतबारको संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकका लागि सिफारिस गरेको छ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० ०८:२५













