कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका वडाध्यक्ष घुससहित पक्राउ आइतबार, चैत १८, २०८०

नेपालले गुजरातलाई ८ विकेटले हरायो आइतबार, चैत १८, २०८० त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको छ। गुजरात भारतको राज्यस्तरीय टोली हो।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनायो। जबाफी ब्याटिङमा नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाँदै आइतबार, चैत १८, २०८० उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुहुन्छ। जुम्लामा चन्दननाथ भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ। नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन। सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ। चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन।’

एकअर्कासँग टाढिँदै प्रियङ्का र परिणीति आइतबार, चैत १८, २०८० बलिउड अभिनेत्री प्रियङ्का चोपडा यतिबेला भारतमा छिन्। अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन्। उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्या दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन्।हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन्। प्रियङ्काले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने उनले भेटिनन्।

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने आइतबार, चैत १८, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्।

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री आइतबार, चैत १८, २०८० प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्।पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन्।

शेयर बजारमा दोहोरो अंकको गिरावट, १७.३० अंकले घट्यो परिसूचक आइतबार, चैत १८, २०८० साताको पहिलो दिन शेयर बजार परिसूचक घटेको छ।आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो। १३ मध्ये निर्जीवन बीमा बाहेक सबै परिसूचक घट्दा शेयर सूचकमा असर परेको हो।सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको शेयर छ। आज १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी...

मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, चैत १८, २०८० मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक,...

कुलेखानी–दक्षिणकाली सडक बन्द आइतबार, चैत १८, २०८० हेटौँडालाई काठमाडौंसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ। सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो। हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए।

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति, किसान चिन्तित आइतबार, चैत १८, २०८० धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ।उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरमै सखाप भएपछि किसान चिन्तित भएका हुन्।

पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति आइतबार, चैत १८, २०८० गैरकानूनी सम्पत्ति आर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।

नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो आइतबार, चैत १८, २०८० राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो।खेल सुरु भएको छ। शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो। नेपाली टोलीमा...

आगामी कार्यदिशाबारे समाजवादी मोर्चाको विचार गोष्ठी पर्सि आइतबार, चैत १८, २०८० समाजवादी मोर्चाले आफ्नो कार्यदिशाबारे छलफल गर्ने भएको छ। आगामी चैत २० गते मंगलबार काठमाडौंमा विचार गोष्ठीको आयोजना गर्दै कार्यदिशाबारे छलफल गर्न लागेको हो। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी आवद्ध समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न...









