News Griha :: न्यूजगृह
एकअर्कासँग टाढिँदै प्रियङ्का र परिणीति

काठमाडौं— बलिउड अभिनेत्री प्रियङ्का चोपडा यतिबेला भारतमा छिन्। अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन्। 

उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्या दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन्।

हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन्। प्रियङ्काले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने उनले भेटिनन्। 

परिणीतिलाई नै प्रियङ्काले नभेटेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको चर्चा चुलिएको छ। उनीहरु निकटवर्तीका अनुसार प्रियङ्का र परिणीति एकअर्कासँग टाढिँदै गएका छन्।
परिणीति र प्रियङ्का एकै सहरमा भए पनि उनीहरूले एकापसमा भेटघाट गरेका छैनन्। परिणीति प्रियङ्कासँग दुःखी छिन्।

किनकी परिणीतिका विवाहमा प्रियंका नपुगेपछि प्रियङ्कासँग उनी दुःखी भएकी हुन्। यद्यपि प्रियङ्काले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन्।
मन्नारा प्रियङ्कासँग नजिक छिन्। उनी प्रियङ्कालाई आफ्नो प्रेरणा मान्छिन्। मन्नाराले आफ्नो जन्मदिनमा प्रियङ्का र निक जोनासलाई निम्तो दिएकी थिइन्।

तर उनले परिणीतिलाई भने बोलाइनन्। प्रियंकाको उपस्थिति हुने भएपछि मन्नाराले परिणीतिलाई निम्तो नदिएको निकट स्रोतले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:००
Weather Update