News Griha :: न्यूजगृह
आगामी कार्यदिशाबारे समाजवादी मोर्चाको विचार गोष्ठी पर्सि

काठमाडौं— समाजवादी मोर्चाले आफ्नो कार्यदिशाबारे छलफल गर्ने भएको छ। 

आगामी चैत २० गते मंगलबार काठमाडौंमा विचार गोष्ठीको आयोजना गर्दै कार्यदिशाबारे छलफल गर्न लागेको हो। 

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी आवद्ध समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

कार्यक्रममा मोर्चामा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:२५
Weather Update