News Griha :: न्यूजगृह
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका वडाध्यक्ष घुससहित पक्राउ

काठमाडौं— कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

अलिले घर बाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो। 

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:०५
Weather Update