पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाँदै

काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन्।
पूर्वराजा शाह जुम्ला जाने र खलङ्गामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए।
उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुहुन्छ। जुम्लामा चन्दननाथ भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ। नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन। सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ। चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन।’
उनले राजा ल्याउने राप्रपाको एजेन्डा भएकाले ‘राजा’ भन्न कुनै हिच्किचाहट नभएको भन्दै पूर्वराजा नभइ राजा भनेर सम्बोधन गरे।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १७:४०













