News Griha :: न्यूजगृह
मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं— मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले हस्पिटेक इन्टरनेसनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा परेको छ।

अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

हेर्नुहोस अख्तियारले जारी गरेको विज्ञप्ति 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:४०
Weather Update