पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो, बढेको मूल्य आजदेखि जारी

काठमाडौं— पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ। बढेको मूल्य आजदेखि लागु भएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ।
नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार मूल्य बढेको हो। यो मूल्य आजदेखि नयाँ मूल्य लागु हुनेछ ।
निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखेको जनाएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा छ। यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौं, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर एक सय ७४ रुपैयाँ मूल्य कायम गरिएको छ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० ०६:५६













