News Griha :: न्यूजगृह
अस्कलमा दुई विद्यार्थी संगठनबीच झडप, २ घाइते

काठमाडौं— लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच झडप भएको छ। 

सोमबार बिहान अस्कलमा दुई पक्षबीच झडप हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

भलिबल खेल्ने विषयमा विवाद उत्पन्न भई झडप भएको एसपी अधिकारीले बताए। 

घाइते हुनेमा जितेन्द्र भण्डारी र विश्राम शर्मा छन्। उनीहरूलाई सामान्य चोट लागेको छ। घाइते भएका उनीहरूलाई पिपल्स अस्पतालमा उपचार गराएर डिस्चार्ज गरिसकेको छ। 

प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ। पंकज पाण्डे र गणेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।

उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ। 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:१५
Weather Update