News Griha :: न्यूजगृह
सांसदको मोबाइल नम्बर गलत परेपछि...
प्रतिनिधिमूलक तस्बिर।

हेटौंडा— मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिन प्रदेश सभा सदस्य तथा सांसदहरुको फोन नम्बरसहितको डायरी बाँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आक्रोश व्यक्त गरेको छ। 

डायरीमा राप्रपा पार्टीबाट प्रदेश सभा सदस्य बनेका राजेन्द्र प्रजापतिको नम्बर गल्ती पाइएपछि बागमती प्रदेश सरकारविरुद्ध आक्रोश पोखेका हुन्।  

‘माननीय भनेर सम्बोधन गरिएको छ। तर नम्बर अन्य व्यक्तिको नाममा रहेको पाइयो। प्रदेश सरकार भनेको यस्तै हो? ठगी खाने मात्र हो?,’ राप्रपाका एक नेताले भने।  

यसैगरी ७७ औं स्थानमा ९८५१०१९४४३ नम्बर हुनुपर्नेमा अन्य व्यक्तिको नम्बर उल्लेख गरेर डायरी बाँडेपछि प्रदेश सभा सदस्य प्रजापतिले नम्बर समेत गलत लेख्नेले कसरी प्रदेश सरकार सम्हाल्न सक्ला भन्दै प्रश्न समेत गरे।

यसैगरी राप्रपाकै अर्का सांसद सुनिल केसीले हिजोदेखि आजसम्म घटनाक्रमलाई हेर्दा जनताको हक हितका लागि प्रदेश सरकारले केही नगरेको उल्लेख गर्दै राप्रपाले प्रदेश सरकारलाई विश्वासको मत दिनु उचित नरहेको जानकारी दिए। 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:५६
Weather Update