News Griha :: न्यूजगृह
माओवादीबाट इलाम २ मा धिरेन्द्र शर्मा उम्मेदवार सिफारिस

इलाम— सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धिरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिस भएका छन्।

माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो।

उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए।

२०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्। 

इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन्। इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ। 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:०६
Weather Update