News Griha :: न्यूजगृह
४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार? 

काठमाडौं— स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सयले घटेको छ। 

सोमबार तोलामा एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ। 

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ। 

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ। सोमबार प्रतितोला एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:३१
Weather Update