News Griha :: न्यूजगृह
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, रमा आलेमगरले लिइन् विनाविभागीय मन्त्रीको शपथ 

मकवानपुर— बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्। 

आलेमगरले आजै पद तथा गोपनीयताको शपथ लिएकी छन्। 

मुख्यमन्त्री जम्कट्टेलले एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने बताए। यद्यपि विना विभागीयको शपथ लिएकी आलेमगरले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी छन्। 

शपथ ग्रहण पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताएकी हुन्। 

उनले भनिन्, ‘काठमाडौं क्षेत्र नं–१० प्रदेश ‘२’ को नागरिकले मलाई कामयाबी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयाबी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु। मैले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुपर्छ।’

भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी उनले आफूलाई मुख्यमन्त्रीले सो मन्त्रालयको जिम्मेवारी दिने मौखिक सहमति भएको बताएकी हुन्। 

नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२)  बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन्।  

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:०८
Weather Update