रेशम—रञ्जितासँग प्रधानमन्त्रीले गरे छुट्टाछुट्टै छलफल

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमान-श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका छन्।
समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
छलफल प्रधानमन्त्री कार्यालयमा भएको हो।
स्रोतका अनुसार छलफलमा दुवैजनालाई मिलेर पार्टी एकता बचाइराख्न र प्रदेश तथा संघीय सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेका छन्।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १४:३१