News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ताइवान भूकम्पमा ४ को मृत्यु, उद्धार जारी [अपडेट]

काठमाडौं — ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। भूकम्पमा परेर दर्जनौं घाइते छन्। 

ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। 

Prabhu Bank

भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ। 

ताइवानको सरकारले भूकम्पको केन्द्रबिन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ। 

अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन्। अहिले त्यहाँ उद्धार कार्य जारी छ।

ताइवान टेलिभिजनले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थीहरू स्कुल जान दौडधुपमा थिए। ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:०६
Weather Update