News Griha :: न्यूजगृह
गृह मन्त्रालय मातहतका ९ उपसचिवको सरुवा [सूचीसहित]

काठमाडौं — गृह मन्त्रालयले मातहतका ९ जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो।

निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजयाकुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ। त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईंलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकका रूपमा सरुवा तथा पदस्थापन गरेको छ।

जिल्ला प्रशासन कार्यालय भोजपुरमा रही हाल गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ।

इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत उपसचिव सीता परियारलाई पनि अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ। 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:४९
Weather Update