बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत भेटिए

कैलाली— धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन्। दार्चुलाको शैल्यशिखर—९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज बिक धनगढी उपमहानगरपालिका—७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए।
बिकको परिवार धनगढीमा बस्दै आएको थियो।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १०:००













