News Griha :: न्यूजगृह
१९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं — प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार रिक्त दरबन्दीमा बढुवा सिफारिस गरेको हो। 

बढुवा हुनेमा प्रहरी निरीक्षकहरू निर्मल पनेरु, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, लक्ष्मण ओली लगायत १९ जना छन्। 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०६:४०
Weather Update