News Griha :: न्यूजगृह
वायुसेवा निगमका ३ पाइलट र ३ निर्देशक निलम्बित

काठमाडौं — नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ। जहाज उडाउने र विभागको नेतृत्व नै गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिदमा निलम्बनमा परेका हुन्।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध मुद्दा दायर भएको छ। उनी कार्यकारी अध्यक्षपछिको वरीयतामा छन्।

कालाखेतीविरुद्ध विमान खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक प्रोपोजल डकुमेन्ट तयार गर्दा विमानको प्राविधिक स्पेसिफिकेसनका आधार र मापदण्ड नखुलाई खरिद गरिने विमानको प्राविधिक स्पेसिफिकेनकासहित गलत लिखित तयार गरी पेश गरेको आधारमा मुद्दा दायर गरिएको छ। उनी चार्टड एकाउन्टेन्ट समेत हुन्।

वरिष्ठ क्याप्टेन सुवास रिजालले रिक्वेस्ट फर प्रोपोजलसहितका डकुमेन्ट गलत लिखित पेश गरेको आरोप लागेको छ भने वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन र क्याप्टेन श्रवण रिजालमाथि २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप छ। 

हाल निर्देशक रहेका उमेश पौडेल, रिजाल, निर्देशक उपेन्द्र पौडेल, हाल निर्देशक रहेका क्याप्टेन श्रावण रिजाल उपनिर्देशक बृहत्मान तुलाधरलाई विमान खरिन गर्ने प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप छ। २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप लगाएको छ। 

इन्जिनियर उपेन्द्र पौडेल एयरवर्दिनेश म्यानेजमेन्ट डिपार्टमेन्ट प्रमुख हुन भने सीए उमेश पौडेल फाइनान्स डिपार्टमेन्ट प्रमुख र वरिष्ठ क्याप्टेन श्रावण रिजाल अपरेसन विभाग प्रमुख छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ। उनी निलम्बनमा परेका छन्।

तत्कालीन निगम सञ्चालक समिति सदस्य हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि मुद्दा दायर भएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:५१
Weather Update