कारोबारको अन्तिम दिन पनि घट्यो शेयरबजार, कसले कति कमाए?
काठमाडौं — शेयरबजार पाँचै कारोबार दिन घटेको छ। बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो।
यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो।
अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने केही वृद्धि देखिएको छ। साताको अन्तिम कारोबार दिन ३ अर्ब ३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
६९ लाख ६३ हजार ३ सय ५९ कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ।
बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य छन्।
तालिकामा हेर्नुहोस् शीर्ष ५ शेयर कारोबार
सर्वाधिक बढेका ५ शेयर
कम्पनी | अन्तिम मूल्य (रु) | बढेको दर (%) |
मानुषी लघुवित्त | १०९७.८० | १० |
मनकामना स्मार्ट लघुवित्त | ९४९ | ९.९९ |
गुराँस लघुवित्त | १९७६ | ९.९७ |
तारागाउँ रिजेन्सी होटल | ८८० | ९.९० |
विन नेपाल लघुवित्त | १५३० | ९.२१ |
सर्वाधिक घटेका ५ शेयर
कम्पनी | अन्तिम मूल्य (रु) | घटेको दर (%) |
पिपल्स पावर लि | ५६४ | ७.२४ |
सर्वोत्तम सिमेन्ट | ८४३.१० | ५.८५ |
रिभर फल्स पावर | ३७५ | ४.०९ |
इमर्जिङ नेपाल लि | ७४८.२० | ३.४६ |
तेह्रथुम पावर कम्पनी | ४९९.९० | ३.३१ |
सर्वाधिक कारोबार भएका ५ शेयर
कम्पनी | कारोबार रकम (रु) |
गुर्खाज फाइनान्स | २३३२९१६१२ |
शिवम् सिमेन्ट | १८३८६७४०० |
सर्वोत्तम सिमेन्ट | १८२४७१५५६ |
सूर्यज्योति लाइफ इन्स्योरेन्स | ६२३०४०४३ |
सोनापुर मिनरल्स | ६०२९३८५३ |
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १५:२६