गायक राजेशपायल राईले गरे पत्नीसँग सम्बन्ध विच्छेद

काठमाडौं — गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच सम्बन्ध विच्छेद भएको छ।
चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो। गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए।
तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन।
यी दुईबाट दुईवर्षे एक सन्तान छन्।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १७:०३













