News Griha :: न्यूजगृह
सुदूरपश्चिम प्रदेश सभाको बैठक २ घण्टा सारियो

काठमाडौं — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ। 

मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए। 

बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ। 

नाउपा प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गरेकी छन् भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा काठमाडौंमा छन्। 

मुख्यमन्त्री शाहले उनीहरूलाई फकाएर धनगढी बोलाउने प्रयास गरिरहेका छन्। स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा छन्। 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:०२
Weather Update