News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, सूर्यमान गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, सूर्यमान गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ। सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। 
तीन टुक्रा भयो जसपा नेपाल, तटस्थ समूहले पहिचानवादी मोर्चा घोषणा गर्दै
तीन टुक्रा भयो जसपा नेपाल, तटस्थ समूहले पहिचानवादी मोर्चा घोषणा गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि तटस्थ बसेको समूहले छुट्टै मोर्चा घोषणा गर्ने तयारी गरेको छ।उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भइसकेको छ।तर यी दुवै पक्षमा नरहेका नेता खगेन्द्र माखिमको समूहले बिहीबार पहिचानवादी मोर्चा...
कोशीमा तेस्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की, केदार कार्की अदालत जाने
कोशीमा तेस्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की, केदार कार्की अदालत जाने कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीलाई अघि बढाउन लागेको हो। गठबन्धनले बिहीबार बिहान १० बजे नै मुख्यमन्त्रीका...
उपेन्द्र यादवको अलमल!
उपेन्द्र यादवको अलमल! जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकार मै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा छन्। बुधबार पत्रकार सम्मेलन गरेर सरकार मै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि यादवले...
गण्डकीका सभामुखको बलमिच्याइँविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ    
गण्डकीका सभामुखको बलमिच्याइँविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ     गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी बिहीबारलाई तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरित रहेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
एकैसाथ ५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? [सूचीसहित]
एकैसाथ ५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? [सूचीसहित] नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्स्पेक्टरको सरुवा गरिएको हो। 
हैदराबादले लखनउलाई १० विकेटले हरायो
हैदराबादले लखनउलाई १० विकेटले हरायो इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदराबादले १० ओभरमा कुनै विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो।
रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो। 
एस्ट्राजेनेकाको कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु
एस्ट्राजेनेकाको कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले सबै देशबाट खोप फिर्ता लिने निर्णय गरेपछि मान्छेहरू निकै चिन्तित देखिएका छन्।
तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा
तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै आएको थियो।
कोशीका मुख्यमन्त्री अपदस्थ, नयाँ सरकार गठनका लागि आह्वान
कोशीका मुख्यमन्त्री अपदस्थ, नयाँ सरकार गठनका लागि आह्वान मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेश सभामा विश्वासको  मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
Weather Update