News Griha :: न्यूजगृह
रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं— रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिग (यूईएफए) को फाइनलमा पुगेको छ। 

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो। 

Prabhu Bank

यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८ औं र ९१ औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो।  

यसअघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २-२ गोलको बराबरीमा सकिएको थियो। 

योसँगै रियल म्याड्रिड १८ औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।  रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो। 

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डर्टमण्डको सामना गर्ने छ। फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:५१
Weather Update