News Griha :: न्यूजगृह
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै इजलास स्थगित
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै इजलास स्थगित पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन्। 
पर्वतका ९१ साना उद्योग बन्द
पर्वतका ९१ साना उद्योग बन्द कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए। चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका...
यी हुन् कोशीमा कार्कीलाई समर्थन गर्ने ५२ प्रदेश सभा सदस्य [नामावलीसहित]
यी हुन् कोशीमा कार्कीलाई समर्थन गर्ने ५२ प्रदेश सभा सदस्य [नामावलीसहित] कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १२ गरी ५२ प्रदेश सभा सदस्यको समर्थनसहित कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। बुधबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। हालका मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको भन्दै...
कोशीमा नयाँ सरकार गठनको आह्वानविरुद्ध रिट बोकेर सर्वोच्चमा मुख्यमन्त्री कार्की 
कोशीमा नयाँ सरकार गठनको आह्वानविरुद्ध रिट बोकेर सर्वोच्चमा मुख्यमन्त्री कार्की  कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि गरिएको आह्वानविरुद्ध रिट निवेदन बोकेर मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन्। बुधबार प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस 
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। केहीबेरअघि एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका कार्कीले ५२ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष दाबी पेस गरेका हुन्। 
तोलामा ८ सयले घट्यो सुनको मूल्य 
तोलामा ८ सयले घट्यो सुनको मूल्य  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३६ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ३५ हजार ६ सय निर्धारण भएको छ। 
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
महोत्तरीका किसानले पाए उखुको भुक्तानी महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन्। जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो।
कांग्रेस संसदीय दलको बैठक स्थगित 
कांग्रेस संसदीय दलको बैठक स्थगित  नेपाली कांग्रेसले बिहीबार (आज) का लागि बोलाइएको संसदीय दलको बैठक स्थगित भएको छ। पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको हो।
बाँकेमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली 
बाँकेमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली  बाँकेमा लागुऔषध कारोबारी समात्नका लागि प्रहरीले गोली चलाएको छ। बिहीबार बिहान लागुऔषध ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई  पिछा गरेको तर भाग्न खोजेपछि गोली चलाएको हो। सो क्रममा एक जना घाइते भएको र अर्को व्यक्तिलाई सकुशल रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले न्यूजगृहलाई जानकारी दिएको छ। 
कोशीः मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले ११ बजे दाबी पेस गर्ने  
कोशीः मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले ११ बजे दाबी पेस गर्ने   कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले केहीबेरमा दाबी पेस गर्दैछन्। बुधबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सोही अनुसार कार्कीले माओवादीसहित गठबन्धन दलको समर्थनमा दाबी पेस गर्न लागेका हुन्। 
निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री
निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
२३ निर्माण कम्पनीलाई सोधियो दोस्रोपटक स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी
२३ निर्माण कम्पनीलाई सोधियो दोस्रोपटक स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रयोजनको लागि दोस्रोपटक स्पष्टीकरण सोधेको छ। 
Weather Update