कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेसी बिहीबार, वैशाख २७, २०८१

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव बिहीबार, वैशाख २७, २०८१ गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्छन्। बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने वाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका हुन्।
-1715246640.jpg)
दुर्गा प्रसाईं निकट युवाद्वारा एभरेष्ट र ज्योति विकास बैंकमा तोडफोड बिहीबार, वैशाख २७, २०८१ जिल्लाको बिर्तामोडस्थित एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ। केही युवाहरुको समूहले बिहीबार दिउँसो ऋणीहरुलाई टर्चर दिएको भन्दै बैंकको शाखा कार्यालयमा ढुंगामुढा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

बागमती प्रदेशमा कुल बजेटको ३८ प्रतिशत मात्र खर्च बिहीबार, वैशाख २७, २०८१ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कुल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागी पीडित परिवार बिहीबार, वैशाख २७, २०८१ ग्यास चुहावट भएर घरमा अगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ।

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु बिहीबार, वैशाख २७, २०८१ धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमाले कोशी प्रदेश संंसदीय दलका नेता कार्कीले बिहीबार (आज) एमाले र माओवादीका गरी ५२ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सीरम इन्स्टिच्युटले भन्यो— डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ बिहीबार, वैशाख २७, २०८१ भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ। यसअघि फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो।

बझाङ प्रदेश सभा १ बाट निर्वाचित भण्डारीले लिए शपथ बिहीबार, वैशाख २७, २०८१ सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।बिहीबार प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी समक्ष उनले शपथग्रहण गरेका हुन्। भण्डारी गत बैशाख १५ गते बझाङ प्रदेश सभा (१) भएको उपनिर्वाचनबाट निर्वाचित भएका थिए।

जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, वैशाख २७, २०८१ महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जलेश्वर नगरपालिका–१ स्थित बरुण पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा लागेको भन्दा बढी रकम निकाशा गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

आईपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई बिहीबार, वैशाख २७, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा मुम्बई इन्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ। यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ।अंक तालिकामा नवौँ स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकी रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो।

कोशी प्रदेश प्रमुखले सांसदलाई सनाखत गर्न बोलाए बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन्।एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेस गरिएको थियो।

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी बिहीबार, वैशाख २७, २०८१ बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो।









