उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा बिहीबार, वैशाख २७, २०८१

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ बिहीबार, वैशाख २७, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले शपथ गराएका हुन्। यसअघि बिहीबार नै प्रदेश प्रमुख खापुङ्गले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ बिहीबार, वैशाख २७, २०८१ पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

नेपाल बैंक लिमिटेड सप्तरीका सुरक्षा गार्डको हत्या बिहीबार, वैशाख २७, २०८१ बिहीबार बिहान ३ बजेर १८ मिनेटमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बिहीबार, वैशाख २७, २०८१ बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन आगामी वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

‘हीरामण्डी’की मनीषाः एक सटका लागि सात घण्टा सेटमा बिहीबार, वैशाख २७, २०८१ निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ।यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ। नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ। सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन्। उनले हालै आफ्नो अनुभव सेयर गरेकी छन्।
![तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nyayparishad1694774246.jpg)
तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित] बिहीबार, वैशाख २७, २०८१ उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा भएको छ।बिहीबार बसेको न्यायपरिषद्को बैठकले तीन न्यायाधीशको सरुवा गरेको हो। जसमध्ये २ जनाको काज सरुवा गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ।

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गर्ने शिक्षामन्त्रीको उद्घोष बिहीबार, वैशाख २७, २०८१ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताएकी छिन्।

हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ: मन्त्री श्रेष्ठ बिहीबार, वैशाख २७, २०८१ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सकिने टिप्पणी गरेका छन्।

सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी बिहीबार, वैशाख २७, २०८१ वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी सुरु भएको छ। सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन्। पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडले भइरहेको छ।
-1715251150.jpg)
अशोक राई भन्छन्– ...अनि पार्टी विभाजन गर्न बाध्य भयौँ बिहीबार, वैशाख २७, २०८१ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले जसपा नेपालको नेतृत्वले पार्टीलाई कब्जा गर्न खोजेपछि आफूहरु विभाजनको बाटोमा लाग्नुपरेको दाबी गरेका छन्। पार्टी विभाजनपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन नै अनियमित ढङ्गले गर्ने र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले...

बढ्यो शेयर बजार, होटल तथा पर्यटनमा उछाल बिहीबार, वैशाख २७, २०८१ होटल तथा पर्यटन उपसमूहको शेयर मूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार शेयर परिसूचक बढेको छ। ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेको छ।
-1715249453.jpg)
एमसीए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर बिहीबार, वैशाख २७, २०८१ एमसीए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ।









