News Griha :: न्यूजगृह
नेपाल बैंक लिमिटेड सप्तरीका सुरक्षा गार्डको हत्या

सप्तरी— नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ। सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति बैंक भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ।

‘लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ,’ डीएसपी न्यौपानेले भने।

घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनको परिचय भने प्रहरीले खुलाएको छैन।  

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:१२
Weather Update