तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]
![तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nyayparishad1694774246.jpg)
काठमाडौं— उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा भएको छ।
बिहीबार बसेको न्यायपरिषद्को बैठकले तीन न्यायाधीशको सरुवा गरेको हो। जसमध्ये २ जनाको काज सरुवा गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ।
हाल उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा काजमा रहेका न्यायाधीश खड्गबहादुर केसीको उच्च अदालत पोखरा (बागलुङ इजलास) मा सरुवा गरिएको छ।
त्यस्तै उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा रहेका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखरा, बागलुङमा काज सरुवा गरिएको छ। त्यसैगरी उच्च अदालत पोखराको, बागलुङ इजलासमा रहेका न्यायाधीश मदन पोखरेललाई उच्च अदालत सुर्खेतमा काज सरुवा गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ १७:३३