News Griha :: न्यूजगृह
बढ्यो शेयर बजार, होटल तथा पर्यटनमा उछाल     

काठमाडौं— होटल तथा पर्यटन उपसमूहको शेयर मूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार शेयर परिसूचक बढेको छ। ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेको छ। 

होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो। विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह बढेका छन् । घट्नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह छन्। 

Prabhu Bank

७० लाख ५८ हजार ३९९ कित्ता शेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ । ११५ कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। 

दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको शेयर बजारमा मंगलबार सामान्य सुधार थियो। बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० बिन्दुमा बन्द हुँदा  कारोबार रकम २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो। 

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा नेपाल फाइनान्स छ। उक्त फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फस्र्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिष्टिलरीको ७ करोड ३१ लाखको शेयर कारोबार भएको छ।

शेयर मूल्य बढ्ने कम्पनीमा होल समूहको वर्चश्व छ। ओरिएन्टल होटल, सिटी, सोल्टी र तारागाउँ रिजेन्सी होटल लिमिटिेडको शेयरमूल्य बढेको छ। 

शेयर मूल्य घट्नेमा सर्वाधिक आज पनि कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन्। सबैको लघुवित्त, वीन नेपाल लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायतको शेयरमूल्य घटेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:०७
Weather Update