अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु, माता लक्ष्मीको रहनेछ कृपा शुक्रबार, वैशाख २८, २०८१

संसद्को बजेट अधिवेशन आजबाट शुक्रबार, वैशाख २८, २०८१ संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने छ। आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ।

कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभर? शुक्रबार, वैशाख २८, २०८१ हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

पतिको हत्या अभियोगमा पत्नी पक्राउ बिहीबार, वैशाख २७, २०८१ घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रमुख सचेतकहरूसँग सभामुखको परामर्श, प्रतिपक्षी दलप्रति सत्ता गठबन्धन सतर्क बिहीबार, वैशाख २७, २०८१ सभामुख देवराज घिमिरेले संसद्को बजेट अधिवेशन सञ्चालन र अर्थमन्त्रालयसँग सम्बन्धित भन्सारको महसुल सम्बन्धी विधेयकका विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।बिहीबार सिंहदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले बताए।

वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर बिहीबार, वैशाख २७, २०८१ वन्यजन्तु तस्करमा दोषी ठहर भएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धिकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।

नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिन मन्त्रिपरिषद्को निर्देशन बिहीबार, वैशाख २७, २०८१ आउँदो भदौमा निजी स्वामित्वको एनसेलले पनि तेस्रो नवीकरण गर्दै छ भने २०८६ भदौमा एनसेलको सेलुलर सेवाको अनुमतिपत्रको अवधि सकिँदै छ। हाल नेपाल टेलिकमका लागि गरिएका कतिपय निर्णय एनसेलका लागि नजिर बन्ने छन्। तथापि, एनसेल प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनी भएको र गत फागुनको मन्त्रिपरिषद् निर्णयअनुसार एनसेललाई सरकार मातहत आउनुपर्ने बाध्यता...

खेलाडी र प्रशिक्षकलाई ३ करोड नगद पुरस्कार, क्रिकेटले २ करोड ५ लाख पाउने बिहीबार, वैशाख २७, २०८१ बिहीबारको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने गर्ने निर्णय गरेको छ।युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।आईसीसी मेन्स टी२० वर्ल्ड कप फाइनलमा दोस्रो भएको राष्ट्रिय...

कोशीमा मन्त्रिपरिषद् विस्तार, उप्रेती र मगर विना विभागीय मन्त्री नियुक्त बिहीबार, वैशाख २७, २०८१ एमालेबाट मन्त्री बनेका मगर इलामबाट निर्वाचित सांसद हुन्। माओवादीका उप्रेती मोरङका सांसद हुन्। दुवै जना यसअघि पनि मन्त्री भइसकेका छन्। एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषद्मा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

मधेस प्रदेशमा सरकार ढाल्ने कसरत बिहीबार, वैशाख २७, २०८१ समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्। जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ।

भारतमा नेपाली युवकको शव फेला बिहीबार, वैशाख २७, २०८१ भारतको कालुपुर रेल्वे स्टेसनमा डडेल्धुराका एक युवक मृत फेला परेका छन्।डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर बिक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेसनमा बुधबार मृत फेला परेका हुन्।

पोखराको अमरसिंहचोकमा महिलामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ बिहीबार, वैशाख २७, २०८१ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार घटनामा संलग्न कास्कीको मादी गाउँपालिका-९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी-१२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका छन्।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते बिहीबार, वैशाख २७, २०८१ सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो।सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।









